भारतीय सेनाद्वारा एक लाख डोज कोभिसिल्ड खोप प्रदान

भारतीय सेनाले नेपाली सेना र नेपालमा बसोबास गर्ने भूतपूर्व भारतीय गोर्खा सैनिकहरू तथा तिनका आश्रित परिवारहरूलाई प्रदान गर्न सहयोग स्वरूप एक लाख डोज खोप उपलब्ध गराएको छ । 

आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरिएको हो । खोप हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी कार्कीले भारत तथा भारतीय सेनालाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

किसिमको सहयोगबाट महामारी विरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुनुका साथै दुई देशका सेनाबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमार्फत जनाएको छ ।


ताजा खबर