ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिपको ५० विकेट पुरा

नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिपको ५० विकेट पुरा गरेका छन् ।

सोमवार सम्पन्न चारदेशीय श्रृङ्खला अन्तर्गत आयरल्याण्डसँग एक विकेट लिएसँगै उनले ५० विकेट पुरा गरेका हुन् ।

यो रेकर्डसँगै लामिछानेले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । आयरल्याण्डसँगको खेलमा उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा आउट गर्दै ५० विकेट लिएका हुन् ।

सन् २०१८ मा विश्व ११ का लागि वेष्टइण्डिज विरुद्ध सन्दिपले पहिलो टि ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । सन २०१९ को जनवरी ३१ मा युएईसँगको श्रृङ्खलाका क्रममा उनले २ विकेट लिएका थिए । त्यसयता तीन बर्षको अन्तरालमा उनले ५० विकेट पुरा गरेका हुन् ।


ताजा खबर