देशभर थप ७ सय ४७ जनामा कोरोना‍ पुष्टि : ८ जनाको मृत्यु

देशभर ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

६ हजार २ सय ७९ नमूनाको पिसिआर परिक्षण गर्दा ४ सय ८२ र २ हजार ४ सय १७ नमूना एन्टीजेन परिक्षण गर्दा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज २ हजार ३ सय १९ जना संक्रमित निको भएका छन् भने हालसम्म ९६ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

संक्रमित ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय पुगेको छ ।

हाल देशभर २० हजार ७ सय ३९ सक्रिय संक्रमित रहेका छन् ।

आज २ लाख १६ हजार एक सय १८ जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जानकारी दिएको छ ।


ताजा खबर