दशैं नलाग्दै ‘रातो टिका निधारमा’

काठमाडौं। ‘फ्री भिसा फ्री टिकट’को प्रलोभनमा दिनहुँ नेपाली युवाहरू विदेशिने क्रम बढ्दो छ ।

तर, भनेजस्तो काम नपाउँदा र अनेकौं दुःख कष्ट सहेर कयौं युवाहरु त्यसै फर्कनुपरेको कटु यथार्थ पनि हामीले देख्न सक्छौं ।

यस्तै अनेकौं घटना संगालेर बनेको चलचित्र ‘रातो टिका निधारमा’ आजबाट देशैभर प्रदर्शनमा आएको छ ।

अशोक शर्माको लेखन तथा निर्देशनमा बनेको महिला केन्द्रित कमेडी चलचित्रमा  नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन शेयर गर्दै निर्देशक शर्माका छोरा अंकितले चलचित्र क्षेत्रमा नायकको रुपमा डेब्यू गरेका छन् ।

चलचित्रमा साम्राज्ञी र अंकितका अलावा नायिका नीता ढुंगाना, बुद्धि तामाङ, रवीन्द्र झा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल लगायत कलाकारको अभिनय छ ।

 


ताजा खबर