नेकपा सचिवालय बैठक : सल्लाहकार कमिटीमा बडाल र अनुशासन आयोगको अध्यक्षमा बोहरा

काठमाडौं । सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता अमृतकुमार बोहोरालाई अनुशासन आयोगको अध्यक्ष तोकेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको बैठकले पार्टी नेता बोहोरालाई आयोगको नेतृत्व सुम्पेको हो । आयोगको सचिवमा नेता अशोक रोकायाले जिम्मेवारी पाउनुभएको छ ।

सचिवालय बैठकले जेष्ठ नागरिक मञ्चको अध्यक्ष नन्दकुमार प्रसाइँ र सचिव गोविन्द ज्ञवाली रहने निर्णय गरेको छ । त्यस्तै लेखा आयोगको अध्यक्षमा डा. पुष्प कँडेल तथा सचिवको जिम्मेवारी लेखनाथ आचार्यलाई दिइएको छ । निर्वाचन आयोगमा अध्यक्ष विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल तथा सल्लाहाकार कमिटीको अध्यक्षमा केशब बडाल र सचिवमा नन्दकुमार थापा चयन हुनुभएको छ ।

रासस


ताजा खबर