सिटिजन लाइफले दियो १५ लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापतको बीमा दाबी रकम हस्तान्तरण गरिएको छ।

बानेश्वर शाखाका क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले बीमा वापतको १५ लाख ५० हजार रुपैयाँको चेक बीमितकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् ।

ललितपुर वडा नं ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएका थिए । उनको आठ महिनामा नै निधन भएको थियो । उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो बुवाको बीमा गराएकी थिइन् ।

उक्त चेकहन्तान्तरण कार्यक्रममा बानेश्वर शाखाका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरु किसोर पोख्रेल, रिदुम राई, दावा शेर्पा, अन्यएजेन्सी म्यानेजरहरु चन्द्रलक्ष्मी खड्गी, पेशल के.सी. लगायतको उपस्थिती थियो ।


ताजा खबर