उदित नारायणको ‘स्वतन्त्र मन’ को भिडियो सार्वजनिक

डा. प्रकाश पौडेलको शब्द रचना र राज सागरको संगीतमा आर्यन र वर्षाको रोमान्स

नेपाली पार्श्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको स्वरमा रहेको ‘स्वतन्त्र मन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

डा. प्रकाश पौडेलको शब्द रचना रहेको गीतमा संगीत राज सागरको रहेको छ। रोमान्टिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन् ।

राजन इशानको संगीत संयोजन रहेको गीत सुमधुर बनेको छ । डा. प्रकाश पौडेलको शब्दलाई संगीतकार राज सागरले न्याय दिन सफल बनेका छन् । गीतको अडियो अनुसार भिडियो उत्कृष्ट बनेको छ ।

बिजेश र राजनले निर्देशन गरेको भिडियोलाई शिबराम श्रेष्ठले छायांकन गरेका छन् । सार्वजनिक भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलर गरेका छन् । सार्वजनिक भिडियोमा सुरेश काफ्ले ड्रोन पाइलट रहेका छन् ।

भिडियो डि.आर.पीपी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


ताजा खबर