‘द भ्वाइस किड्स नेपाल’को उपाधी जेनिश उप्रेतीलाई

गायन रियालिटी शो पहिलो ‘द भ्वाइस किड्स नेपाल’को उपाधी जेनिश उप्रेतीले जितेका छन् । हिमालय टीभीबाट प्रशारण भएको उक्त शोको शनिबार बेलुकी फाइनल एपिसोड प्रसारण भएको हो ।

विजेता जेनिशले ‘द भ्वाइस किड्स नेपाल’को ट्रफीसँगै रु. १५ लाख र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । जेनिश टिम प्रमोदबाट प्रतिष्पर्धामा थिए । ६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुले भाग लिन पाउने यो शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

उपाधि जितेसँगै जेनिशले परिवार, सबै कोचहरु र दर्शकलाई धन्यवाद दिए ।


ताजा खबर