कोरोना भाइरसविरुद्धको बुस्टर डोज आजदेखी

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज मात्रा खोप दिइदैछ । पहिलो पटक अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज दिइनलागिएको हो । बुस्टर डोज विस्तारै यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपङ्क्तिमा खटिने व्यक्ति र ६० वर्ष र माथिका नागरिकहरू र रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइन लागिएको हो ।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपङ्क्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरूलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।

health workers receive covid vaccine

माघको सुरुमा अग्रपङ्क्तिमा खटिने व्यक्तिहरूलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरूलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिनुभयो । सरकारले खोपको पूर्ण मात्रा लगाइसकेर ६ महिना पूरा भइसकेका नागरिकहरूलाई क्रमैसँग बुस्टर डोज दिइने तयारी गरेको छ ।

‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । 


ताजा खबर