राष्ट्रियसभा निर्वाचन : नौ दलका ४३ जनाको उम्मेदवारी

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा लगायतका दल छन् ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी छन् । प्रवक्ता पौडेलका अनुसार नौ दलबाट ४३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

https://drive.google.com/file/d/1H9xd5CzTvTwbS_e43VEztJYGJKBrwJ6Y/view


ताजा खबर