३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि : तीन जनाको मृत्यु

आज देशभर ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

९ हजार ३ सय २९ नमुनाको परीक्षण गर्दा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो 

आज संक्रमित २ सय ६३ जना निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

सङ्क्रमणका कारण आज थप तीन जनाको मृत्यु भएको छ ।  यो सँगै हालसम्म ११ हजार ६ सय एक जनाको मृत्यु भइसकेको छ । 

आज देशभर ३ लाख १६ हजार ७ सय ७४ जनाले खोप लगाएका छन् । 


ताजा खबर