पोषण सुधारका लागि २७ हजार परिवारलाई पिठो

मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि परेको धनुषा तथा सर्लाही जिल्लाका विभिन्न पालिकामा लाइफ नेपालले आपतकालिन पोषण कार्यक्रम अन्तर्गत २७ हजार लक्षित वर्गलाई पोषिलो पिठो वितरण गरेको छ ।

खास गरेर गर्भवती महिला तथा २३ महिनाको बच्चालाई लक्षित गरेर पोषिलो पीठो वितरण गर्ने काम सम्पन्न भएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताउनुभयो । कोरोनाका कारणले गरिब तथा विपन्न वर्गको पोषण अवस्था कमजोर बनेपछि युनिसेफको सहयोगमा विश्व खाद्य कार्यक्रम अन्तर्गत तयार पारेको पोषिलो पिठो लक्षित वर्गको पहिचान गरेर वितरण भएको छ ।

धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाको वडा नंं ८ कचुरीमा २ सय ५५ परिवारलाई आज पोषिलो पिठो वितरण गरियो । वितरण कार्यको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्थलगत निरीक्षण गर्दै पारदर्शी तथा व्यवस्थित किसिमले वितरण भएकोमा खुसी व्यक्त गर्नुभयो ।

घर धुरीको पहिला नै सर्भे गरेर छनौट भएकाहरूलाई पालिका तथा सम्बन्धित वडा कार्यालयसँग सहकार्य गरी वितरण गरिएको लाइफ नेपालका अध्यक्ष ठाकुरले बताउनुभयो ।

पोषिलो पिठो वितरण कार्यक्रम आजैदेखि सम्पन्न भएको छ । समापन कार्यक्रममा मिथिला विहारी नगरपालिका–८ कचुरीका वडाध्यक्ष हरिनारायण यादव सहित स्थानीय व्यक्ति उपस्थित हुनुहुन्थ्यो । –रासस


ताजा खबर