२४२ जनामा कोरोना संक्रमण पुष्टि : ४४४ सङ्क्रमणमुक्त

आज थप ४ सय ४४ जना कोरोना भाईरस सङ्क्रमणबाट मुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ४५ नमूनाको पिसिआर र २ हजार ९ सय ९१ नमूनाको एन्टिजेन परीक्षण गर्दा नेपालमा आज थप २ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

यसैगरी आज थप १ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार ४ सय ९५ पुगेको छ । 

आज देश भर गरी ७ हजार ३ सय ३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


ताजा खबर