कुवेतका अमीरद्वारा आममाफी घोषणा

कुवेतका अमीरले लामो समयदेखि प्रतीक्षा गरिएको आममाफी आदेश जारी गर्नुभएको छ । अमीरले प्रमुख सरकारी गतिरोधलाई निरुत्साहित गर्ने उद्देश्यले करिब तीन दर्जन कुवेती असन्तुष्टहरूको सजाय माफी गर्ने घोषणा गर्नुभएको छ ।

कुवेतको राजपत्रमा शनिबार अबेर प्रकाशित शाही आदेशमा अमिर शेख नवाफ अल अहमद अल सबाहले देशको संसदमा आक्रमण गरेको आरोपमा जेलमा परेका ११ राजनीतिज्ञको सजाय कटौती गरेको बताइएको छ।

सन् २०११ मा प्रजातन्त्र समर्थक प्रदर्शनहरू व्यापक रूपमा फैलिँदा कुवेतका प्रमुख विपक्षी व्यक्तित्वहरू र सांसदहरूलाई कुवेतको संसद भवनमा थुनेर भ्रष्टाचारको आरोप लगाएका प्रधानमन्त्रीलाई हटाउन दबाब दिएका थिए । यसै बीच देशको सर्वोच्च अदालतले धेरै इस्लामवादी सांसदहरूलाई वर्षौंको जेल सजाय सुनाएको छ । जसमा एक प्रमुख विपक्षी नेता मुसलाम अल-बराक पनि छन । उनले छुट्टै आरोपमा दुई वर्षको जेल सजाय भोगेका थिए।

शनिबार माफी पाएका अल-बराक र अन्य असन्तुष्टहरू टर्कीमा वर्षौंदेखि स्व-निर्वासित जीवन बिताइरहेका छन् । –एपी


ताजा खबर