सामसङको नयाँ ग्यालेक्सी फोन बजारमा

सामसङको नयाँ ग्यालेक्सी फोन नेपाली बजारमा आएको छ।

सामसङले ‘एम’ सिरिज अन्तर्गत ‘ग्यालेक्सी एम-५२ फाइभ-जी’ फोन नेपाली बजारमा ल्याएको हो। यो ७.४ एमएमको पातलो डिजाइनमा रहेको छ।

यसमा स्न्यापड्रागन ७७८ जी प्रोसेसर, ५००० एमएएच ब्याट्री र फाइभ-जी सपोर्ट गर्ने सुविधा रहेको छ। मोन्स्टर डिस्प्ले, उत्कृष्ट कार्यक्षमता र अझै टिकाउने हुने ब्याट्रीसहित यसलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

यो रु. ४८ हजार ९९९ र रु. ५० हजार ९९९ मा उपलब्ध रहेको छ।



ताजा खबर