भुस्याहा कुकुरहरू !

– रामप्रसाद खनाल

कहिले एकाएक,

मिले जस्तो नाटक गर्छन्

एकाएक कहिले, भिडे जस्तो नाटक गर्छन्

कहिले आ आफै झम्टेर,

टोकाटोक गर्छन्

कहिले किट्दै दाह्रा,

दुबैले ठोकाठोक गर्छन्

हाम्रो गाउँका, दुई

महा भुस्याहा कुकुरहरू !

छाउराहरू पनि के कम,

दुवै कुकुरहरुका,

पछि लाग्दै हिड्छन,

हाउ हाउ गर्दै भुक्छन्

उनका भुस्याहा माउँहरु,

मिले जस्तो गर्दा,

पुच्छर लुकाउँदै

कता जान्छन् जान्छन्,

देखिन्नन् लुक्छन् !

माउँहरु लड्दा,

भुस्याहा छाउराहरु पनि भुक्छन !

कुकुर तिहार,

एकदिन आउँथ्यो पहिले,

अहिले बर्सै भरी !

राम्रा भए पो पाल्नु,

भुस्याहा कुकुरहरू पाल्नु के गरी

सोझा परे हाम्रा गाउँलेहरू,

हान्दैनन् दाउराले पनि !

त्यही भएर टेर्दैनन्,

भुस्याहा माउँ र छाउराले पनि !

श्रोतः कविज्यूको फेसबुकबाट जस्ताको तस्तै


ताजा खबर