३ सय ६५ जना कोरोना सङ्क्रमित थपिए

 कोरोना भाइरसबाट आज थप ३ सय ६५ जना संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३ हजार ६ सय ७१ नमुनाको  पिसिआर परीक्षण गर्दा ३ सय २६ जना तथा १ हजार ९ सय २३ नमुनाको ऐन्टीजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै आज थप ६ सय ९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमण मुक्त हुनेको कूल सङ्ख्या ७ लाख ७८ हजार ३ सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर गरी १४ हजार २ सय ६५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । 

सक्रिय सङ्क्रमितमध्ये १३ हजार १ सय ७२ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी १ हजार ९५ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् । 

अस्पताल भर्ना भएका संक्रमित मध्ये ३ सय १५ जनाको आइसियु र  १ सय ७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

यसै गरी आज थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार २ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।


ताजा खबर