देशभर ७ सय ६४ जना कोरोना सङ्क्रमित थपिए

१ हजार ३३ जना सङ्क्रमणमुक्त, १० जनाको मृत्यु

देशभर आज ७  सय ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

९ हजार ४ सय ६६ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ७ सय १५ जना तथा १ हजार २ सय २२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जना गरी जम्मा ७ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा १ हजार ३३ जना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९६ दशमलव ७ प्रतिशत छ । 

आज कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय १० जना पुगेको छ ।

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा १५ हजार ६ सय १४ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहको मन्त्रालयले जनाएको छ ।

जसमा ३ सय १३ जनाले आइसियु र १ सय १३ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

No photo description available.

email sharing button

ताजा खबर