१ हजार ४३ जना कोरोना सङ्क्रमित थपिए

लामो यात्रा र भिडभाडमा किनमेल गर्दा सङ्क्रमणको जोखिम उच्च : स्वास्थ्य मन्त्रालय

देशभरि आज थप १ हजार ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

१५ हजार ४ सय ६५ जनामा नमुना परीक्षण गर्दा थप १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो । 

काठमाडौँ उपत्यकामा आज ४ सय ४० जना संक्रमित थपिएका छन् । भक्तपुरमा ३५, ललितपुरमा ६१ र काठमाडौँमा ३ सय ४४ गरी ४ सय ४० जना संक्रमित थपिएका हुन । 

यसैगरी गएको २४ घण्टामा ८ सय ९१ जना सङ्क्रमणमुक्त भएका छन् भने आज कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा १६ हजार १ सय ९४ जना रहेका छन् । जसमा आइसियुमा ३ सय ३८ र भेन्टिलेटरमा १ सय १५ रहेको मन्त्रालयले जनाएको छ ।  

चाडपर्वका बेला यात्रा गर्दा, किनमेल गर्दा कोरोना सङ्क्रमणको जोखिम उच्च भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डमा हेल्च्याक्रयाई नगर्न मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले आग्रह गर्नुभयो । 


ताजा खबर