आज थप १,१२३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त

नेपालमा आज थप १ हजार १ सय २३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । 

योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको कूल सङ्ख्या ७ लाख ६७ हजार ८ सय १९ पुगेको र मुक्त हुने दर ९६ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ८ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ५ सय ९८ नमुनाको  पिसिआर परीक्षण गर्दा ६ सय ५९ जना तथा २ हजार ६ सय २१ नमुनाको ऐन्टीजेन परीक्षण गर्दा २ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । 

योसँगै देशभर गरी कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ६ सय ४२ पुगेको छ । 

यस्तै आज थप ९ जनाको कोरोनाका कारण मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार १ सय ५७ पुगेको छ । 


ताजा खबर