ओमान विरुद्धको खेलमा नेपाल सात विकेटले विजयी

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आयोजक ओमानविरुद्ध सात विकेटले विजय हासिल गरेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए । सोही क्रममा नेपालले ओमानलाई ३७.७ ओभरमा १२१ रनमा सिमित राख्न सफल भएको थियो । साथै १८.२ ओभरमा तीन विकेटको क्षतिमा सहजै १२२ रनको लक्ष्य हासिल गरेको थियो ।

Image


नेपालले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आजको खेल खेलेका थिए भननेपालले कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखेको थियो ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो ।

त्यस्तै मङ्गलबार भएको दोस्रो खेलमा भने नेपाल ओमानविरुद्ध पाँच विकेटले पराजित भएको थियो । शुक्रबार भएको अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

लिगमा सात खेलबाट ६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ भने १२ खेलबाट २० अङ्क बटुलेको ओमान अङ्क तालिकाको शीर्षस्थानमा छ ।


ताजा खबर