सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल असोजदेखि

कोरोना भाईरस महामारीको कारण अघिल्लो वर्ष देखि रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी असोजको पहिलो साताबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आज यस वर्षको ‘ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु हुने जनाएको छ । एन्फाले ए डिभिजन लिगका विभिन्न १४ क्लवसँग छलफल गर्दै लिगको मिति तय गरेको हो ।

लिगका लागि साउनको मध्यबाट खेलाडी दर्ता खुला गर्ने एन्फाले जनाएको छ । मच्छिन्द्र फुटबल क्लव गत संस्करणको उपाधि विजेता हो ।


ताजा खबर