निषेधाज्ञा आजबाट खुकुलो : सवारीमा जोर-बिजोर लागू

काठमाडौं उपत्यकाको डेढ महिनादेखि जारी निषेधाज्ञा आजबाट खुकुलो बनाइएको छ । आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ ।

उपत्यकाको तीन जिल्लाका बसेको संयुक्त बैठकले गरेको निर्णय अनुसार व्यावसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाइएको हो ।

निषेधाज्ञा खुकुलो बनाइएको आज पहिलो दिन नै उपत्यकामा बिहानबाट नै निजी सवारी साधनका चहलपहल देखिएको छ । ठाउँ ठाउँमा सवारी चेकजाँचका लागि ट्राफिक प्रहरीहरु खटाइएको छ ।

फलफुल खाद्यान्न लगायतका पसलहरु खुलेका छन् । नयाँ व्यवस्था अनुसार सपिङ मल, कपडा, जुत्ता, कस्मेटिक लगायतका पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ ।

सुन पसल, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल तथा इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने व्यव्या गरिएको छ । भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्थालाई भने कायम राखिएको छ ।

फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ । होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ । सार्वजनिक सवारी साधन अझै पनि सञ्चालनमा आएको छैन ।

नित्यकर्मबाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह ब्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँमा गर्न पाइने छ । यसका लागि दुई वटा सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।-रासस


ताजा खबर