राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतल निवासमा भेटबार्ता भएको छ ।

प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि बुधवार शीतल निवास पुग्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । बजगाईकाअनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो ।

सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्नु प्रधानमन्त्रीको कर्तव्य भित्र पर्छ । पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दैगएकाबेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु सामान्य कुरा भएको बालुवाटार स्रोतको भनाई छ ।


ताजा खबर