ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप आजदेखि

सरकारले आजदेखि पुन : कोरोना विरुद्घको खोप लगाउन सुरु गर्दै छ।

चीनबाट ल्याएको भेरोसेल खोप लगाउन आजबाट सुरु गर्न लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेरका र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने छ।

यस्तै हिमाली जिल्लामा यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरुलाई सोही उमेर समूहकालाई दिइने बताइएको छ।

सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि खोप दिइने छ।

खोप लगाउन खोप केन्द्रमा जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने बताइएको छ ।


ताजा खबर