वर्सेष्टरले सन्दीपलाई टी-२० ब्लास्ट बाट मुक्त गर्यो

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इंग्लीश काउन्टि क्रिकेट टोलि वर्सेष्टरले टी-२० ब्लास्ट बाट मुक्त गरेको छ ।

सन्दीप लामिछानेलाई गत् मार्च २५ मा इंग्ल्याण्डको काउन्टि क्रिकेट क्लब वर्सेष्टरले अनुबन्धन गरेको थियो । इंग्लीश काउन्टिमा सन्दीपको नेपाली क्रिकेटरको रुपमा यो पहिलो प्रतिनिधित्व हुने थियो ।

सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू समयमै इंग्ल्याण्ड पुग्न नसक्दा वर्सेष्टरले मुक्त गरेको जानकारी गराएका हुन । सन्दीपले २७ मईमा इंग्ल्याण्डका लागि प्रस्थान गरिसक्नुपर्ने थियो । गत् मई २६ मा सन्दीपले ट्वीटर मार्फत् आफ्नो भिसा जारी हुन ढिलाइ भइरहेको जनाउँदै सहयोगका लागि आग्रह गरेका थिए। दश दिनको क्वारेन्टिनपछि इंग्ल्याण्डमा उनले थप पाँच दिन क्वारेन्टिनमा बस्ने तालिका बमोजिम २७ मईमा नेपालबाट प्रस्थान गर्नुपर्ने थियो ।

सन्दीपले भनेका छन्, “मैले एक साता अघि नै सहयोगका लागि आग्रह गर्दागर्दै कुनै निकायबाट कुनै पनि चासो नलिएकोमा दुःख लागेको छ ।” उहाँले यसअघि पनि प्रवेशाज्ञाको मुद्दामा आफूले बिगतमा अमेरिकी दूताबासमा समस्याको सामना गर्नुपरेको पनि बताए । नेपाली खेलाडी राम्रो गर्दा मात्रै सबैले प्रशंसा गर्ने तर समस्यामा पर्दा कसैले कुनै चासो नलिदा विश्वको उत्कृष्ट मञ्चहरुमा नेपाली खेलाडीले अगामी दिनमा अबसर पाउन कठीन हुने उनले बताए ।

इंग्ल्याण्डको काउन्टी क्रिकेट टी ट्वान्टी भाइटलिटी ब्लास्ट आगामी जुन ९ देखि सुरु हुँदैछ । सन्दीप आबद्ध वर्सेष्टरले आफ्नो पहिलो खेलमा नटिट्घंमशायरको सामना गर्नेछ । उक्त खेल ९ जुनमै वर्सेष्टरमा खेलाइनेछ ।

उनले भारतमा रहेको राहदानी र जारी भएको प्रवेशाज्ञा(भिसा) शुक्रबार मात्रै प्राप्त गरेको बताए । तर भिसा प्राप्त गर्दा प्रस्थान गर्न धेरै ढिला भइसकेको उनले बताएका छन् । पाकिस्तान सुपर लिगमा लाहौर कलन्दर्सको प्रतिनिधित्व गरेका सन्दीपले वर्सेष्टरका रिक्की वेसेल्ससँगै खेलेका थिए ।

उनले तीन दिन अघि मात्रै नेपालबाट प्रस्थान गरेको भएपनि भाइटलिटी ब्लास्ट खेल्न पुग्न सकिने सकिने जानकारी दिए । “हिजो भारतबाट आएको राहदानी र प्रबेशाज्ञा पाउँदा धेरै पहिले प्रबेशाज्ञा जारी भएको र नेपाल आउन मात्रै ढिला भएको थाहा पाएँ, तर कागजात हातमा नआउँदै वर्सेष्टरले अनुबन्धन रद्द गरेको खबर पाएँ, निकै नै दुःख लागेको छ ।”– उनले फेसबुक लाइभमा भनेका छन् ।


ताजा खबर