मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन आज

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ ।

गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भएपनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले आज गर्नुहुने कार्यक्रम छ ।

काठमाडौंमा विशेष कार्यक्रम गरी उत्सवका रुपमा पानी वितरणको औपचारिक शुभारम्भ गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ ।


ताजा खबर