मनिषको शब्दमा गायक सुगमको ‘तिम्रो लागि’

गायक सुगम पोखरेल एउटा नयाँ सुमधुर गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

चलचित्रको पाश्र्व गायनमा समेत अत्यन्त रुचाइएका यी गायक स्थापित गीतकार मनिष वशिष्ठद्वारा रचना गरिएका शब्दहरुको गीत ‘तिम्रो लागि…’ मार्फत स्रोतामाझ आएका हुन् ।

अमेरिकामा बसोबास गरिरहेका गीतकार वशिष्टले पनि यसपटक फरक शैलीको गीतका लागि शब्दहरु रचना गरेका छन् ।

यो गीतलाई लोकप्रिय संगीतकार कल्याण सिंहले संगीतबद्ध गरेका छन् ।

संगीतकार सिंहको संगीत सिर्जनामा पनि नयाँपन सुन्न पाइएको छ ।

रिदम कँडेल यो गीतका संगीत संयोजक हुन् भने प्रदीप जोशी यो गीतका साउण्ड इन्जिनियर हुन् ।

गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ ।

गम्भिर विष्टको अवधारणा तथा पटकथामा तयार भएको यो भिडियोमा गम्भिर विष्ट तथा गीता ढुंगाना फिचर्ड छन् ।

नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी तथा सहनिर्देशन छ भने नबिन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन छ ।

गम्भिर विष्टले यो भिडियोलाई निर्देशन गरेका हुन् ।

यो भिडियो एमबि क्रिएसनको यूट्युब च्यानलमा अपलोड गरिएको छ ।

भिडियो:


ताजा खबर