११ महिने बालकमा कलेजो नेपालमै सफल प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ।

कलेजो प्रत्यारोपणसर्जन प्राध्यापक डा रमेश सिंह भण्डारी नेतृत्वको टोलीले यो प्रत्यारोपण गरेको हो।

टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो। डा भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो। 

प्रत्यारोपण राति १२ बजेसकिएको हो। ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा भण्डारीले बताए।

बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा भण्डारीले बताए।

प्रत्यारोपणमा यसपालि पनि ‘फोर्टिस इण्डिया’ बाट महत्वपूर्ण सहयोग पाएको उनले उल्लेख गरे।

पहिलो प्रत्यारोपण सफल भएपछि डा भण्डारी। पहिलो पटक  छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरिएको थियो। 

टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण शुरू भए पनि कोरोना महामारीका कारण रोकिएको थियो। –रासस


ताजा खबर