‘काठमाडौंबासीको मेलम्ची पानीको सपना साकार भयो’

मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आज सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै २७ किमी लामो सुरुङ मार्ग पार गर्दै सुन्दरीजलमा आइपुगेको पानीको बटम थिचेर सुन्दरीजलमा जलप्रवाहको शुभारम्भ गर्नुभयो ।शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले काठमाडौँ बासीको लामो समयको सपना आज आएर पूरा भएको र सरकारले विकासमा फेरी नयाँ फड्को मारेको बताउनुभयो ।

उहाँले सरकार एकपछि अर्को गर्दै विकासमा तीव्र सफलता हासिल गर्न सफल भएको पनि बताउनु भयो ।कोशी ब्यारेजबाट बहने पानी बागमतीमा ल्याउनु एउटा युगान्तकारी सफलता भएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले बगेर जाने पानीको सदुपयोग गर्ने सरकारको नीति रहेको र यो त्यही नीतिको उदाहरण रहेको बताउनु भयो ।

पछिल्लो २३ दिनमा धेरै शिलान्यास र उद्घाटनहरू भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले फागुन १६ गते मात्रै ५ वटा ठुला सडक र पुलको उद्घाटन तथा ३१ वटाको शिलान्यास गरिएको बताउनु भयो ।उहाँले अबको केही दिनमा काठमाडौँमा पानी वितरण हुने र यसका लागि पुराना पाइप लाइनमा सुधार गर्दै कुनै दुर्घटना र क्षति नहुने गरी पानी वितरण गर्न आयोजनालाई निर्देशन दिनुभयो ।प्रधानमन्त्री ओलीले अहिले आइरहेको पानीमा फागुन २६ गतेदेखि अझै थप हुने र २७ गते शिव रात्रिका दिन वाग्मतीमा सफा पानीले नुहाउन सकिने बताउनु भयो ।अर्को एक प्रसङ्गमा प्रधानमन्त्री ओलीले प्रत्यक्षमा ११६ सिट जितेको पार्टी भत्काउनेहरूको भ्रममा नपर्न आग्रह गर्नुहुँदै जनताको साथमा विकासलाई तीव्र रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोसी ब्यारेजबाट बहने पानी बागमतीमा ल्याउनु एउटा युगान्तकारी सफलता भएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले बगेर जाने पानीको सदुपयोग गर्ने सरकारको नीति रहेको र यो त्यही नीतिको उदाहरण रहेको बताउनुभयो ।अर्को एक प्रसङ्गमा प्रधानमन्त्री ओलीले प्रत्यक्षमा ११६ सिट जितेको पार्टी भत्काउनेहरूको भ्रममा नपर्न आग्रह गर्नुहुँदै जनताको साथमा विकासलाई तीव्र रुपमा अगाडि बढाउने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

खानेपानी मन्त्री मणिचन्द्र थापाले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा सुरु भएको मेलम्ची खानेपानी आयोजना २२ वर्षपछि  बल्ल प्रधानमन्त्री केपी ओलीको पालामा पुरा भएको उल्लेख गर्नु भयो । उहाँले आगामी चैतको दोस्रो सातोदेखि खानेपानी वितरण हुने जानकारी दिनुभयो ।यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट करिब २ सय ६० लिटर प्रति सेकेन्डका दरले सुरुङमा पानी पठाइ परीक्षण पुनः आरम्भ गरिएकोमा मेलम्चीको पानी हिजो सुन्दरीजल आइपुगेको हो ।

रासस


ताजा खबर