विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रेस वक्तव्यक्तमार्फत जानकारी दिनुभएको छ । वार्ता टोलीमा डा. राजन भट्टराई सदस्य रहनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघिमात्र विप्लवसँग छिट्टै वार्ता गर्ने जानकारी सार्वजनिक समारोहमा जानकारी गराउनुभएको थियो ।

रासस


ताजा खबर