प्रचण्ड-माधव समूहको संसदीय दलको नेतामा दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभएको छ ।

संसद भवनको ल्होत्से हलमा बुधबार प्रचण्ड–माधव समूहको को बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गर्नुभएको थियो । ध्वनी मतले प्रस्ताव सर्वसम्मत अनुमोदन गरेको हो ।


ताजा खबर