कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी कदम बारे छलफल

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आजको बैठकमा संसद् विघटन गर्ने सरकारको कदमपछिको अवस्था र पार्टीले चाल्नुपर्ने कदमका बारेमा छलफल सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा संसद् विघटनपछि उत्पन्न अवस्था, अब पार्टी कसरी अगाडी बढ्ने लगायतका समसामयिक विषयमा छलफल भएको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको आह्वानमा हिजो भएको सर्वदलीय बैठकको जानकारी गराउँदै आजको बैठकको विषय प्रवेश गराउनु भएको थियो ।बैठकमा धारणा राख्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने सरकार

को कदम जनभावना विपरीत रहेकाले यस विषयमा पार्टीभित्र गहन छलफल गरी अगाडी बढ्नुपर्ने बताउनु भएको प्रवक्ता शर्माले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।

बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, डा. नारायण खड्का र एन.पी. साउदले आफ्नो धारणा राख्नु भएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक बुधवार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ । –रासस


ताजा खबर