प्रधानमन्त्रीको कदमको कानुनी उपचार खोज्ने नेकपा स्थायी कमिटीको निर्णय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीको कदमको विरोध गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको छ । पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा अन्य राजनीतिक दलसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुहुन्थ्यो । यसैगरी बैठकले स्थायी कमिटीमा रिक्त सदस्य पदमा पूर्वसभामुख कृष्णबहादुर महरालाई मनोनयन गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

केन्द्रीय कमिटीको आकस्मिक बैठक पुस ७ गतेका लागि बोलाइएको छ ।


ताजा खबर