प्रतिनिधिसभा विघटन : वैशाख १७ र २७ मा निर्वाचन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले  मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार, संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि जनता समक्ष जान २०७८ साल वैशाख १७ गते शुक्रवार पहिलो चरणमा र वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मन्त्रिपरिषद्ले सिफारिस गरे बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको उल्लेख गरिएको छ ।

बिज्ञप्तिः


ताजा खबर