नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

सोमबार १२५५ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १२५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

योसँग कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै देशभरका प्रयोगशालामा ९३६८ जनाको पीसीआर परीक्षणमा १२ सय ५५ जनामा संक्रमण पुष्टी भएको जनाएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ सय ४ जना सङ्क्रमित निको भएका छन् । यो समेत हालसम्म २ लाख १२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् ।

यसैगरी मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २५ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट १४ सय ७९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


ताजा खबर