राष्ट्रिय फुटबल टिमलाई नेपाली दूतावासमा स्वागत

नेपाली राष्ट्रिय फुटबल टिमलाई बंगलादेशमा रहेको नेपाली राजदूतावासले स्वागत गरेको छ ।

मुजिव वर्सो फिफा इन्टरनेशनल सिरिज खेल्न आएको नेपाली टिमका सदस्यहरुलाई बंगलादेशका लागि नेपाली राजदूत बंशीधर मिश्रले स्वागत गरेका हुन् । सो अबसरमा राजदूत मिश्रले अन्तिम म्याचमा सफलता हासिल गर्न शुभ कामना दिएका छन् ।

खेलमा हार जित स्वभाविक रुपमा लिनुपर्ने बताउँदै अर्को म्याचका लागि सफलताको कामना गरे । मंगलबार हुने गेममा आफू पनि हेर्न आउने जानकारी दिए ।

साथै राजदूताबास बंगलादेशमा रहेका नेपालीहरुको आफ्नै घर भएकाले कसैलाई अप्ठेरो पर्दा दूतावासले सहयोग गरिरहेको पनि मिश्रले बताए ।

सो अबसरमा नेपाली टिमका संयोजक कृष्णभक्त मानन्धर, म्यानेजर मधुसुधन उपाध्याय मुख्य प्रशिक्षक बालगोपाल महर्जन, कप्तान किरण चेम्जोङले राजदूत मिश्रलाई नेपाली राष्ट्रिय टिमको जर्शी प्रदान गरेका थिए । –रासस


ताजा खबर