‘यी नेता कति लड्न सकेका घरीघरी’

~ शोभा शिलवाल

नयाँ  नक्सा कहाँ गयो ?

पुरानो नै हुने भए के तमासा देखाको हो ?

चुच्चे नक्सा नहुने भए l  

के मा बिक्यौ सरकार ?

तिम्रो हुर्मत कता गयो ?

 ‘र अ’ को भेटघाटपछि रुझेको बिरालो सरी  किन भयौ ?

कूटनीतिक हैसियतकहाँ गयो ?

जनता झुक्याउने खेल भयो 

पच्चीस अर्ब  ऋण अनुदान तलबभत्ता मै स्वाहा भयो l

 महामारीमा तलबभत्ता नीतिगत भ्रष्ट्राचार हो

श्रमिक मजदुरका पेटमा लात्ती मारेकै हो l 

दण्डहीनताले  सीमा नाघ्यो ,जनताले न्याय माग्ने कहाँ ?

सतीले सरापेको देशमा सच्चा न्यायमूर्ति  छन् र कहाँ ?

जहिले पनि नभरिने भुँडी , कोरोना उपचार यिनकै नि :शुल्क 

जनताले बाँच्ने भए ,कोरोना  उपचार गर्छन् सशुल्क l 

ओहोदाको दुरुपयोग जति गरे नि हुँदो रहेछ 

शिलान्यास गरेको  फोटो पनि यिनलाई चाहिँदो  रहेछ l 

टेकु अस्पतालमा ५० हजार धरौटी राखेर उपचार अरे 

विचरा गरिब धरौटी राख्न नसकी कति मरे मरे?

पूर्व राज्यमन्त्री ,वडा सचिव जुवाखालमा रमाउँँदै

बिचरा लाखौँलाख जनता बसेका छन् भोको पेट समाउँदै l  

अनेक पार्टी आ- आफ्नै गुट छ  धनी र पदवालाले जे गरे नि छुट छ l

कुर्ची र पदका लागि कुकुर र बिरालो सरी  

यी नेता कति लड्न सकेका घरीघरी l   


ताजा खबर