नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

फ्रान्स र जर्मनीमा कडा निशेधाज्ञा जारी

कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि  युरोपेली मुलुकहरु फ्रान्स र जर्मनीमा दोस्रो चरणको बन्दाबन्दी हुने भएको छ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कोरोना संक्रमित संख्यामा दैनिक वृद्धि भएपछि दोस्रो चरणको लकडाउनको घोषणा गर्नु भएको हो ।

शुक्रबारदेखि लागु भई कम्तिमा पनि नोभेम्बरको अन्त्यसम्म गरिने बन्दाबन्दीमा मानिसहरुलाई अत्यावश्यक काम र स्वास्थ्य प्रयोजनको लागि बाहेक घर बाहिर निस्किन निषेध गरिएको छ ।

युरोपेली देशहरुमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएएता फ्रान्समा मृत्युदर अहिलेसम्मकै उच्च रहेको छ ।

त्यस्तै दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

उता जर्मनीमा आगामी २ नोभेम्वरदेखि दुई साताको लागि लागु हुने बन्दाबन्दीमा मानिसको आवतजावत र पसल व्यापार निषेध नगरिने उल्लेख छ । त्यहाँ कम्तिमा १० जना भन्दाको सामुहिक भेला निषेध गरिएको छ । –रोयटर्स


ताजा खबर