आइपिएलः गएराति कोलकाता र पन्जाब विजयी

इन्डियन प्रिमियर लिग आइपिएलको गएराति सम्पन्न पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि शानदार जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १९४ रनको योगफल तयार गरेको थियो । कोलकातालाई बलियो रनको योगफल बनाउन सुनिल नारायण र नितिश राणाले शतकीय साझेदारी गरेका थिए ।

१९५ रनको जितको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको संदिप लामिछाने सम्मिलित दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३५ रनमा समेटिएपछि यो जित कोलकाताको हातमा गएको हो ।

४ ओभरमा २० रन खर्चेर ५ विकेट लिन सफल कोलकाताका स्पिनर बलर वरुण चक्रवर्ती म्यान अफ द म्याच घोषित भएका छन् ।

यस्तै गएराति नै सम्पन्न दोस्रो खेलमा किङस इलेभेन पन्जाबले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । पन्जाबले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले १९ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाए पछि १२ रनले पन्जाबले यो जित आफ्नो हातमा पारेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो ।

पन्जाबले जारी सिजनमा पाँचौ जीत निकाल्दै १० अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यसैबिच आज पनि २ खेलहरु हुँदैछन् ।

पहिलो खेल रोयल च्यालेन्जर्स बैङलोर र चेन्नइ सुपर किङसबिच हुँदैछ भने दोस्रो खेल राजस्थान रोयल्स र मुम्बइ इन्डियन्सबिच हुँदैछ ।

एएनआई


ताजा खबर