गोकुल बाँस्कोटालाई कोरोना संक्रमण

पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण देखिएको छ। बिहीबार उनले ट्वीटरमार्फत् आफूलाई संक्रमण पुष्टि भएको बताएका हुन्।

आफू र श्रीमतीलाई कोरोना देखिए पनि दुई छोरालाई भने कोरोना नेगेटिभ देखिएको उनले बताएका छन्।

‘मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिनयता मैले कसैलाई भेटेकाे छैन। मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चाहिँ धेरै राम्राे। सुरक्षित रहाैं,’ उनले ट्वीटरमा भनेका छन्।


ताजा खबर