सक्रिय संक्रमित ४४,८७७ : २९० मा गम्भिर लक्षण ७७ भेन्टिलेटरमा

नेपालमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सक्रिय संक्रमितमध्ये १३ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसन र ३१ हजार ५ सय ३८ जना होम आइसोलेसनमा रहेको जानकारी दिनुभयो ।

गम्भिर लक्षण भएका २ सय ९० जनाको ICU र ७७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज थप २१ जनाको मृत्यु भएसँगै कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ हजार ५५२ जना सहित आज देशभर थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

आज थप ३ हजार २ सय १५ जना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख २ हजार ८ सय २० पुगेको र हाल संक्रमण मुक्त हुनेको दर ६९.२ प्रतिशत रहेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न अस्पतालमा गरी ६ हजार हाइ डिपेन्डेन्सि युनिटको स्थापना गर्ने तयारी गरेको प्रवक्ता प्रा. डा गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता प्रा. डा. गौतमले व्यवहारिक रूपमा सावधानी नअपनाउदा संक्रमण बढ्दै गएकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको बताउनुभयो ।

जेष्ठ नागरिक, दीर्घ रोगको समस्या भएका व्यक्त र प्रतिरक्षा प्रतिरक्षा प्रणाली कम्जोर भएकाहरू बढी प्रभावित हुने भएकाले थप सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।


ताजा खबर