आइपिएलः सातौं जितसँगै दिल्ली फेरी शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले सातौं जित निकालेको छ । शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेई सुपर किंग्सलाई ६ विकेटले हरायो । जितसँगै दिल्ली फेरी लिगको शिर्ष स्थानमा उक्लिएको छ भने चेन्नेईको लिगमा छैटौं हार हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो ।

चेन्नाईको सुरुवात भने राम्रो रहेन । खाता नै नखोली साम कुरन आउट हुन पुगेका थिए । त्यसपछि सेन वाट्सन र फाफ डु प्लेसिसबीच ८७ रनको साझेदारी भएको थियो । वाट्सन व्यक्तिगत ३६ रन बनाएर आउट भए ।

त्यसपछि क्रिजमा आएका अम्बाती रायडू र प्लेसिसले चेन्नाईको स्कोर १०० रन कटाएका थिए । टिमको स्कोर १०९ रन भएका बेला प्लेसिस अर्धशतकीय पारि खेल्दै आउट भए । प्लेसिसले ४७ बलमा ६ चौका तथा २ छक्काको मद्दतले ५८ रन बनाएका थिए । कप्तान महेन्द्र सिंह धोनी भने तीन रनमा आउट भए ।

रायडू र रविन्द्र जडेजाले पारि अघि बढाएका थिए । उनीहरुले ५० रनको अभिजित साझेदारी गरेपछि चेन्नाईले सम्मानजनक स्कोर खडा गरेको थियो । रायडूले २५ बलमा ४५ रन बनाउँदा रविन्द्र जडेजाले पनि आक्रमक पारि खेले । –एएनआई


ताजा खबर