‘संविधान संशोधनलाई लहडको विषय नबनाउन आग्रह’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन आग्रह गर्नु भएको छ ।

विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनबाट नेपाली जनता सार्वभौम भइसकेको अवस्थामा अब अर्को कुनै राजनीति सघर्षको अर्थ नहुने भन्दै प्रधानमन्त्री ओलीले वर्तमान राज्य प्रणालीप्रति खेलवाड पूर्ण अभिव्याक्ति दिन नहुने बताउनु भएको हो ।

पार्टीको नवगठित संगठन मानवअधिकार तथा सामाजिक अभियान नेपालको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्ने भन्दै तर संविधान संशोधनको विषयलाइ लहडको विषय नबनाउन आग्रह गर्नु भएको हो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका मानवअधिकार संगठनहरुको एकीकरण पछि बनेको अभियान घोषणा सभामा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो ।

जनता सार्वभौम भइसकेको अवस्थामा अब अर्को कुनै राजनीतिक सघर्षको अर्थ नहुने बताउनुभयो । राष्ट्रिय एकता कायम गर्दै समृद्ध राष्ट्र निर्माणबाट मात्र मानव अधिकार उपयोगको अनुभूति सवैले गर्ने भनाइ प्रधानमन्त्री ओलीको थियो ।

कार्यक्रमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी र सरकारले मानव अधिकार सम्वन्धि प्रतिवद्धता कार्यान्वयमा सधै जोड दिदै आएको बताउनुभयो । उहाँले मानवअधिकारको वास्तविक कार्यान्वनका लागि सबै पक्षको एकता र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

यस्तै नेकपा महासचिव विष्णु पौडेलले मानव अधिकारको विषयलाइ पार्टीको घोषणा पत्रमा शुनिश्चित गरिएको भन्दै संविधानले ब्यवस्था गरेका मौलिक हकको ब्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीको नवगठित संगठनका केन्द्रिय कमिटिमा रहेका ७७ जना सदस्यहरुलाई महासचिव पौडेल भर्चुवल प्रविधमार्फत सपथ ग्रहण गराउनु भएको थियो ।- रासस


ताजा खबर