याक एण्ड यतीको चिम्नी: बदलिएको स्वरुपमा ६० वर्षदेखि उही स्वाद, मनै लोभ्याउने ‘चिकेन अ ला किभ’

काठमाडौं । करिव ६० वर्षभन्दा बढि समयदेखि सेवा दिँदै आइरहेको काठमाडौंको पुराना रेस्टुरेन्टहरु मध्येको एक हो याक एण्ड यति होटलमा अवस्थित द चिम्नी रेस्टुरेन्ट। द चिम्नीले समय र संस्कृति अनुसार आफूलाई बदल्दै मानिसहरुको स्वादिलो खानेकुरा खाने चाहना पुरा गर्दै आएको छ।

तर यसले आफ्नोपन भने सधैँ नै कायम राख्न सफल भएको छ। यो रेस्टुरेन्ट दरवारमार्ग नजिक प्राइम लोकेसनमा अवस्थित छ। परिवर्तित द चिम्नीले भर्खरमात्रै टोस्टम्यानसँगको सहकार्यको पहिलो वार्षिकोत्सव पनि मनाएको छ।

इन्स्टाग्रामका प्रख्यात फुड ब्लगर ‘फुड्स नेपाल’ले ६ दशकदेखि सेवा दिँदै आएको द चिम्नी रेस्टुरेन्टले दिने सेवाको समीक्षा गरेका छन्। उनी भन्छन्, ‘रेस्टुरेन्टको डेकोरेसनमा सुधार ल्याइएपछि यसको आउटलुकमा पूर्ण रुपमा परिवर्तन आएको छ।

६० वर्षदेखि सर्भ गर्दै आइएका परिकारहरु हाल पनि उही गुणस्तरका साथमा पाउँदा मलाई अचम्म लाग्यो। पुरा ग्राहकहरु तिनै परिकारको मजा लिन पटक पटक आउने गरेको पाएँ।’

यदि तपाई द चिम्नीमा गएको केही समय भइसकेको छ भने अब फेरि जाँदा त्यहाँको खाना र सर्भिसले जोकोहीलाई पनि चकित पार्नेछ। यदि तपाई त्यहाँ जाने योजना बनाइरहनु भएको छ भने म तपाईका लागि ‘नाचोज विथ मेल्टेड चिज’, ‘ब्रुसचेटा–विथ एभोकाडो एण्ड स्ट्रासिबटेल्ला चिज’, ‘फोकासिया ब्रेड’, ‘स्टिकी पोर्क बन्स’ र ‘मसरुम चिल्ली’ खानको लागि सिफारिस गर्न चाहन्छु। ‘पोर्क बन्स’ र ‘मसरुम चिल्ली’ असाध्यै स्वादिलो परिकार मध्येका हुन्। ‘फोकासिया ब्रेड’ चाहिँ अत्यन्त उत्तम एपेटाइजर हो, जुन निकै हलुका र नरम हुन्छ।

यहाँको मुख्य परिकारको रुपमा ‘चिकेन अ ला किभ’ रहेको छ जुन मनै लोभ्याउने परिकार हो। ‘मसरुम रिजिटो’ र ‘मिसो मरिनेटेड क्याट फिस’ अर्को अत्यन्तै स्वादिला परिकार हुन्। र डेजर्टको रुपमा हामीले ‘ब्राउनी विथ आइसक्रिम एण्ड चकलेट सस’ र ‘बेक्ड अलास्का सगरमाथा’ खायौँ। ‘बेक्ड अलास्का’ राम्रोसँग सजाइएकाले यो निकै आकर्षक देखिएको थियो।

यदि तपाई साथीहरुसँगको जमघटका लागि रेस्टुरेन्टको खोजीमा हुनुहुन्छ भने द चिम्नी रेस्टुरेन्ट उपयुक्त विकल्प हुन सक्छ। यहाँको मनमोहक गार्डेनले सबैको ध्यान खिच्न सक्छ। जुन फोटो खिच्नको लागि निकै उत्तम ठाउँ हुन सक्छ।

द चिम्नीको अनुभव निकै नै अविस्मणीय रह्यो। यस्तो असाधारण परिकारको अनुभव लिन पाउँदा भाग्यमानी महशुस भयो।

फुड्स नेपालको इन्स्टाग्राम कन्टेस्टमा भाग लिएर चिम्नीको तर्फबाट गिफ्ट ह्याम्पर वा दुई जनाको लागि फ्रि डिनर जित्न सक्नुहुन्छ।

 

 

 

 

फुड लभरहरुलाई रेष्टुरेण्ट, होटल, त्यहाँ उपलब्ध हुने खाना, त्यो खानाको मेनु जस्ता जानकारी दिन सफल नेपालले  यो सिरिज सुरु गरेको हो।


ताजा खबर