कारोबारका लागि डिजिटल माध्यम बढी प्रयोग गर्न बैंकर्स संघको आग्रह

नेपाल बैंकर्स संघले साधारण कामका लागि पनि बैंक नआउन सर्वसधारणलाई आग्रह गरेको छ । सोमबार संघले एक बिज्ञप्ति मार्फत सार्वजनिक अपिल गर्दै यस्ताे आग्रह गरेकाे हाे ।

संघले डिटिजल माध्यम अपनाउन समेत अनुरोध गरेको हाे ।

बैंकिङ काराेबार गर्नका लागि डिजिटल बैंकिङ्गको माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताएको छ ।

यस्तै, डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमासम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गर्न अनुराेध गरेकाे छ ।


ताजा खबर