नेकपा सचिवालय बैठक आज बस्दै

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ।

बिहान ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि नेकपाको विवाद समाधानका लागि अध्यक्ष द्वयले कार्यदल गठन गरेपछि शीर्ष नेताहरूले सचिवालय वा स्थायी कमिटी बैठकबाट कार्यदललाई आधिकारिकता दिनुपर्ने बताएका थिए। वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि अध्यक्ष द्वय शर्मा ओली र प्रचण्ड सचिवालय बैठक बोलाउन तयार भएका हुन ।

आजको बैठकले कार्यदललाई आधिकारिकता प्रदान गरेर स्पष्ट कार्यादेश दिने जनाइएको छ ।


ताजा खबर