मेडिसिटी अस्पतालमा कोरोना भेटियो : कोरोनाले एक बृद्धको मृत्यु भएपछि विरामी तथा कर्मचारी त्रासित

ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको आज मृत्यु भएको छ ।

त्याहाँ उपचाररत ६५ वर्षीय एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएसँगै अस्पतालमा कोरोना संक्रमणको त्रास बढेको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार साउन १५ गते भर्ना हुनुभएका उहाँको आज बिहान मृत्यु भएको हो । लामो समयदेखि उहाँ मधुमेह, कलेजोको समस्याबाट ग्रसित ति बृद्धमा पछिल्लो पटक निमोनियाको लक्षण देखिएको थियो । काठमाडौँको कलङ्की निवासी वृद्धको मृत शरीर अस्पतालमै राखिएको छ । नेपाली सेनाले व्यवस्थापनको तयारी गरिरहेका  डा. गेलालले जानकारी दिनुभयो ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना पोजेटिभ देखिएसँगै अस्पतालमा तनाव उत्पन्न भएको छ । अस्पतालमा उपचाररत बिरामी तथा ओपिडिमा आएका तथा बिरामी भेट्न आउनेहरुबीच संक्रमणको त्रास देखिएको श्रोतले बताएको छ ।

सुविधासम्पन्न अस्पतालको नाममा नेपालको सर्वाधिक शुल्क असुल्ने अस्पतालका रुपमा परिचित तथा सेवाग्राहिको ठगिएको गुनासो पटक पटक आउने गरेको मेडिसिटि अस्पतालमा कोरोना संक्रमण देखिएसँगै उपचारका लागि आउने विरामीको संख्या ह्वात्तै घटेको छ ।


ताजा खबर