शेयर बजार परिसूचक नेप्सेमा २२.४० अंकको बढोत्तरी

शेयर बजार परिसूचक नेप्से आइतबार २२.४० अंकले बढेर १ हजार ४६५ विन्दुमा पुगेको छ। होटल, जलविद्युत र म्युचुअल फण्डबाहेक अरु सबै समूह सकारात्मक हुँदा नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो।

आइतबार सबैभन्दा धेरै जीवन बीमा समूह ३.९६ र निर्जीवन बीमा समूह ३.९१ प्रतिशतले बढेका छन्। बीमा कम्पनीहरुको नाफाको विवरण आएसँगै लगानीकर्ताहरुले आर्कषण बीमामा बढेको हो । त्यस्तै, वाणिज्य ब्यांक समूह १.३२ प्रतिशतले बढेको छ।

१९० कम्पनीका रु. १ अर्ब ९४ करोड मूल्यका शेयर किनबेच भएका छन्। जसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एशिया ब्यांकका शेयर किनबेच भए।

आइतबारको कारोबारमा मिर्मिरे फाइनान्सका लगानीकर्ताले ९.९७ प्रतिशत नाफा कमाए भने तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले पनि ९.९६ प्रतिशत नाफा गरे। तर, बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६.५४ प्रतिशत गुमाए । त्यस्तै, नेशनल हाइड्रोका लगानीकर्ताले ३.७० प्रतिशत गुमाए।


ताजा खबर