नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँच वर्ष अवधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ ।

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा दिएको बैकले जनाएको छ ।

बैंकले नयाँ लघु उद्यम कर्जा, सम्वृद्घ व्यवशाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ । लघु उद्यम कर्जा तथा सम्बृद्घ ब्यबशाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बंैकिङ्ग क्षेत्रकै न्युन ब्याजदर भएको बैकले जनाएको छ ।

बैकले नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार–व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाख देखि ९९ लाख सम्मको लागी लघु उद्यम कर्जा र १ करोड देखि ३ करोड सम्मको चालु तथा स्थिर पूँजी ब्यबस्थापनका लागी सम्वृद्घ व्यवशाय कर्जा उपलब्ध गराउन सकिने पनि जनाएको छ ।

नेपाल बैकले लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था गरेको,घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरीे वार्षिक ब्याजदर ९.९९ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको र त्यस्तो कर्जाको अवधि ५ वर्षदेखि २० वर्ष सम्म कायम गरिएको जनाएको छ ।


ताजा खबर